Logo
Logo

बलात्कार प्रकरणपछि महरा पहिलोपटक संसद बैठकमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौ., १ जेठ ।
पूर्व सभामुख कृष्णबहादुर महरा संसद बैठकमा उपस्थित भएका छन् । बलात्कार प्रकरणमा परेपछि उनी पहिलोपटक संसद बैठकमा उपस्थित भएका हुन् ।


गत वर्र्ष असोज १९ गते उनी पक्राउ परेका थिए । करिब तीन महिना जेल बसेपछि सफाई पाएर उनी छुटेका थिए । छुटेपछि उनको पद कायमै भएको छ । सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बैठकमा उनी उपस्थित भएका हुन् ।
संसदमै कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोप उनीमाथि लागेको थियो । पछि ती महिलाले बयान फेरिकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्