Logo
Logo

कोभिड-१९ : क्षमता बढाउने होमियोप्याथी औषधिको वितरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ । कोरोना भाइरसको त्रास बढिरहँदा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधिको वितरण थालिएको छ ।
भक्तपुर होमियोप्याथिक मेडिकल कलेज भक्तपुर, पशुपति होमियोप्याथिक अस्पताल पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसिएसनलगायत नौ संस्थाको पहलमा कोभिड–१९ को संक्रमणबाट जोगिन कार्यस्थलमा अग्रपंक्तिमा खटिनुपर्ने सुरक्षाकर्मी, स्वयंसेवी, मजदुर, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई यो औषधि बाँड्न थालिएको हो ।
विभिन्न अनुसन्धानबाट कोभिड–१९ को जोखिम हुन नदिन ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथिक औषधि प्रभावकारी देखिएको भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका चिकित्सक डा कृष्ण डंगोलले जानकारी दिए ।
उनका अनुसार इजरालय र भारतमा यसको परीक्षण भइसकेको छ । कोभिड–१९ बाट संक्रमित ६ हजारमा परीक्षण गरिँदा ११ जनामा मात्र संक्रमण दोहोरिएको देखियो । अहिले बाँडिएको औषधि कोभिड–१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन हो । संक्रमितकै उपचारका लागि थप केही औषधि पनि सेवन गर्न लगाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि होमियोप्याथीको उक्त औषधिले वितरणका लागि स्वीकृति पाएको हो । यो औषधिको सेवनकर्ताले समय मिलाएर एक महिनाभित्र १२ गोली लिनुपर्छ । पछिल्लोपटक यो औषधिको वितरण कार्यमा नेपाल राष्ट्रिय मारवाडी परिषद्, फसिकेब्वले सघाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्