Logo
Logo

लिपुलेकलाई समेटर नयाँ नक्सा सार्वजनिक गरिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
सरकारले नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा जारी गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् । भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र समावेश गरी नेपालको नक्सा जारी गर्ने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

सरकारले सीमा व्यवस्थापनलाई अत्याधुनिक र प्रविधिमैत्री बनाउने पनि नीति तथा कार्यक्रममा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्