Logo
Logo

बारामा इन्सपेक्टरसहित २५ प्रहरी क्वारेन्टाइनमा, अदालतमा समेत त्रास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ जेठ ।
सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीमा सतर्कता र चिन्ता बढेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो। त्यहाँ कार्यरत प्रहरी जवानमा शनिबार कोरोना पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिएको छ। उनीहरुको स्वाबको पीसीआर परीक्षण गरिने प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

संक्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ। उनको घर रौतहट हो। उनी २९ वैखामा घर गएर ३० गते कार्यालयमा फर्किएका जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।
संक्रमित प्रहरी अदालत समेत गएको पाइएपछि अदालतमा समेत त्रास छ ।
नेपालमा एक उच्च सैनिक अधिकारीसहित ९ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्