Logo
Logo

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध


315
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन नपाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको भन्दै हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

प्राधिकरणले सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा, ड्रोन, बेलुन उडाएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्