Logo
Logo

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता


378
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता गर्न भनेको हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको सूचनामा उल्लेख
छ ।

उपनिर्वाचन प्रयोजनका निम्ति असोज १६ गतेसम्म राजनीतिक दल दर्ताको समयावधि तोकिएको छ । स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष गरी ४० पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्