Logo
Logo

बैंक सञ्चालक र सिईओलाई उमेर हद


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतका लागि उमेर तोक्ने भएको छ । पछिल्लो समय बैंक सञ्चालक र सीईओप्रति राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुन लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न तयार पारेको मस्यौदामा उमेर हद तोक्नुपर्ने प्रस्ताव छ । उक्त प्रस्तावअनुसार बैंकको सीईओका लागि ६५ वर्ष र सञ्चालकका लागि ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यसअघि सीईओ र सञ्चालक एउँटै हुँदा वित्तीय क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने गर्भनर डा. चिरञ्जीवी नेपालले बताएका थिए । सोही निष्कर्ष निकाल्दै हाल आएर बैंकका सञ्चालक र सीईओको उमेर हद तोक्न लागेको हो । प्रस्ताव गरिएको सो व्यवस्था कार्यान्वयनमा आए कुनै पनि बैंकको सीईओ नियुक्ति हुँदा ६५ वर्ष र सञ्चालक ७० वर्ष नाघेको हुनु नहुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्