Logo
Logo

एकै दिन नेपालमा ६२ जनाका कोरोना संक्रमण पुष्टि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ जेठ ।
नेपालमा कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या ३५७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन्। यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो।

डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक–एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताए।

“उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ,“ उनले बताए। अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन्।
सोमबार संक्रमतिमध्ये ४७ जना बाँकेकाे नरैनापुर गाउँपालिकाका हुन् । उनीहरु आइतबार मृत्यु भएका युवकसँगै मुम्बईबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्