Logo
Logo

नेपालमा कोरोनाको बढ्दो जोखिम : आजै थपिए २७ संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ जेठ । नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । मंगलबार मात्र थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । डा. देवकोटाले पत्रकार सम्मेलनमा नेपालमा कोरोनाको जोखिम बढ्दो रहेको बताए ।
यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ । हालसम्म नेपालमा कोरानाबाट दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्