Logo
Logo

सर्लाहीमा कोरोना पोजेटिभ दुईमध्ये एक जना उदयपुरका


- दृष्टि न्युज/संवाददाता


सर्लाही, ७ जेठ । सर्लाहीका थप दुईजनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकामध्ये एकजना भने उदयपुर जिल्ला गाईघाट निवासी रहेको खुलेको छ ।
मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीका दुईजनामा कोरोना भाईरस पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित ५ जना पुगेका छन् ।
मंगलबार सार्वजनिक भए अनुसार सर्लाहीको बागमती नगरपालिका(९ निवासी ३४ वर्षीय पुरुष र अर्का ३१ वर्षीय पुरुष उदयपुर गाईघाट घर भई सर्लाहीको नयाँरोडमा डेरा गरेर बस्ने गरेको खुलेको छ । एकजना सर्लाहीको बागमती नै घर भएका तथा अर्का उदयपुर गाईघाट घर भई हाल हरिवनको नयाँरोडमा डेरा गरेर बस्ने गरेको हरिवन नगरपलिका को मेयर जानकारी दिए । सानो सवारी साधन चलाउने ती ३१ वर्षीय पुरुष हाल नयाँरोडमै परिवारसँगै बसिरहेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाँइले जानकारी दिए । भोलिबाट सम्पुर्ण वडाहरु सिल गरिने मेयर प्रसाइले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्