Logo
Logo

उपत्यका प्रवेश निषेध गर्न स्थानीय तहलाई गृहको पत्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ । उपत्यका ‘सिल’ गर्न गृहमन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई सिल गर्न गृहमन्त्रालयको अनुरोध पत्रमा उल्लख छ ।

उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । यसअघि नै उपत्यका सिल’ गर्नेबारे छलफल भएको थियो । उक्त छलफलको निर्णय गर्दै सिल’ गर्न पत्र पठाएको हो । यसअघि वैशाख २७ गते उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थियो ।
गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रोक्न आग्रह गरिएको छ ।
अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने पत्रमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्