Logo
Logo

सशस्त्र प्रहरी अस्पतालमा भद्रगोल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
सरकारले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेको छ । तर, व्यवस्थापन भने भद्रगोल छ ।
अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका सशस्त्र प्रहरीका उच्च अधिकारीकै कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।

जसकारण संक्रमित बिरामीहरुले आक्रोश पोख्न थालेका छन् । कतिसम्म भने सबै संक्रमितलाई एउटै पानी तताउने भाडो राखिएको छ ।
त्यस्तै अस्पतालका भर्ना भएका सशस्त्र प्रहरीलाई पनि बिदामा छाडिएको छ । सेटिङका आधारमा डिआईजी हरिश्चत्द्र अधिकारीले बिदामा छाडेका हुन् । अस्पतालमा रहेको देखाएर केही प्रहरीहरु तीन महिनादेखि घरमा रहेको स्रोत बताउँछ । जबकी सीमा क्षेत्रमा खटिएका प्रहरीले दिनमा १८ घन्टासम्म डिउटी गर्नुपर्ने अवस्था छ।
पहिले कहिलेकाहीँ अस्पताल जानु पर्ने बिरामी लाइन अस्पताल संगै लाइन ब्यारेकमा राखिन्थ्यो तर कोरोना उपचारको लागी अस्पताल तयार भए छि बेड भर्नाका केहि बिरामी सैनिक अस्पतालमा सारे पनि सय बढी कर्मचारी मिलेमतोमा सम्पर्क बाहिर छन् । यसबारे राशनभत्तामा अनियमितता हुने गरेको छ ।
त्यस्तै पहाडी जिल्लाका कतिपय यूनिटहरुमा लकडाउनको समयमा समेत बिदा छाडेर राशन भत्ता अनियमितता गर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्