काठमाडौं, ९ जेठ । कोरोना भाइरसको संक्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक महिलामा संक्रमण देखिएको बताए ।
बिहीबार राति देखिएका नयाँ संक्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् । अहिलेसम्म संक्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा संक्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।











