Logo
Logo

३६ जनामा थप संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो


- दृष्टि न्युज/संवाददाता



नेपालमा नयाँ संक्रमितको संख्या ३६ जना बढेको छ । स्वास्थ्य मन्त्रालयले गराएको जानकारी अनुसार नयाँ संक्रमितहरु सबै उपत्यका बाहिरका छन् । शनिबार मात्र थप ६८ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडी, झापा, बाँके, बर्दिया र सुर्खेतमा गरेर ३६ जना संक्रमित थपिएका छन्।

जम्मा संक्रमितको संख्या ५ सय ८४ पुगेको र त्यसमध्ये ७० जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्