Logo
Logo

आइतबार थप १६६ जनामा संक्रमण, संक्रमितको संख्या १५६७


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । नेपालमा केही दिन यता संक्रमितको संख्या बढ्दै गएको छ ।
त्यस्तै, निको हुनको संख्या पनि बढ्दैछन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या २२० छ । अहिलेसम्म पीसीआर विधिबाट कुल ६९,५८२ वटा परीक्षण गरिएको छ । विगत २४ घण्टामा २,८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए ।
मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर १,१९,१९२ व्यक्ति क्वारेन्टिन र १,३४९ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन् । हालसम्म देशका ५७ जिल्लामा संक्रमण फैलिएको छ । यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्