Logo
Logo

कोरोना पोजेटिभ र नेगेटिभको एउटै शौचालय


नन्दा थापा


  • नन्दा थापा

बाजुरा, २० जेठ । सदरमुकाम मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै रहेको छ । अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमित र एकजना नेगेटिभ भएपनि शौचालय भने एउटै रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । अलग अलग ब्यबस्थापन हुनुपर्ने भएनि बाध्य भएर एउटै प्रयोग गर्ने गरेका छन् ।
आइसोलेसनमा राखिएका लागि एउटै शौचालयको ब्यबस्थापन भएकाले बाध्य भएर एउटै प्रयोग गर्नु परेको आइसोलेसनमा राखिएका पुरुषले वताएका छन् । अस्पतालका प्रमुख तथा कोरोना संक्रमितको उपचारमा खटिएका डा. रुपचन्द्र बिश्वकर्माका अनुसार पहिलो रिपोट नआउदा सम्म सबै सँगै थिए, पछि रिपोट आउदा मृतक वालिका, आमालाइ कोरोना पोजेटिभ र बुवालाई नेगेटिभ रिपोट आएपछि फरक फरक बेडमा राखेको भएपनि शौचालय भने एउटै रहेको छ ।
बिश्वकर्माका अनुसार आज दुबैको स्वाब संकलन गरेर पठाउने दुबैलाइ फरक फरक शौचालयको ब्यबस्थापन गर्ने बताएका छन् । आइसोलेसनमा बसेका पुरुषले भने रिपोर्ट नआउदा सम्म सबै सँगै थियो, रिपोट आएपछि अलग अलग बस्दै आएको वताए । आइसोलेसन एउटै छ, संकास्मतलाई पनि त्यहि र संक्रमितलाई पनि त्यहि राख्नु पर्ने बाध्यता रहेको छ, त्यसको लागि अस्थाई अर्को व्यवस्थापन गर्न लागेको अस्पताल प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए ।
जिल्लामा जोखिम बढदै गएपछि व्यवस्थापन गर्न निकै गाह्रो हुने वताएका छन् । कोरोना बिरामीको उपचार गरिरहेका आफुहरुलाई पनि बस्ने ब्यबस्थापन राम्रो नभएको शौचालय पनि एउटै रहेको वताएका छन् ।
जेठ १५ गते तिन जना आइसोलेसनमा ल्याइएको थियो । वालिकाको कोरोना बाट मृत्यु भइसकेको छ भने, आमा संक्रमित छन् । बुवाको रिपोट नेगेटिभ आएको छ । दुबै जना अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्