Logo
Logo

६८ जिल्लामा कोरोना : दुई हजार ९१२ संक्रमित, ११ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ । कोभिड–१९ को संक्रमणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो ।
उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । यस्तै शुक्रबारे एकैदिन २७८ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा संक्रमण देखिएको बताए । योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । शुक्रबार थप तीन जिल्लामा संक्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । यस्तै, डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्