Logo
Logo

नेपालमा कोरोना : ७१ जिल्लामा संक्रमित, ४६७ ले जिते कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्यासँगै निको हुनेहरु पनि बढिरहेका छन् । आइतबार थप १०२ जना कोरोना भाइस संक्रमण जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म योसहित ४६७ जनाले कोरोना जितेका छन् । जसमध्ये कोरोना जित्नेमा पुरुष ३९९ र महिला ६८ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसारका धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।
यस्तै आइतबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार विभिन्न प्रयोग शालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । २०९ जना पुरुष र ४ जना महिला छन् । हालसम्म पीसीआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन् । गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । नेपालमा आइतबारसम्म ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्