Logo
Logo

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
रुपन्देहीको गाईभैंसी फार्ममा पाँच जनाको सामूहिक हत्या भएको छ । फार्ममा कामदारहरुको हत्या भएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकैको मैनहवा गाउँमा सोमबार राती यस्तो विभत्स हत्या भएको हो । घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।
सहकर्मीबाटै हत्या भएको प्रहरी आशंका छ । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान अघि बढेको रुपन्देहीका एसपी हेम थापाले बताए ।

हत्यामा कोदालो पनि प्रयोग भएको छ । मृत्यु हुनेमा श्रीमान श्रीमती र १४ वर्षका बच्चा समेत छन् । हत्या गर्ने व्यक्ति मानसिक रोगी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्