Logo
Logo

कांग्रेसको ध्यानाकर्षण : सरकार कोरोना रोकथाम गर्न असफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न असफल भएको ठहर गरेको छ । बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललागयतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आरोप लगाएको हो ।
कांग्रेसको २६ जेठमा बसेको केन्द्रीय कार्यसमिति बैठकअनुसार सरकारले कोरोना महामारी नियन्त्रण गर्न, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन तत्काल चाल्नुपर्ने ध्यानाकर्षणमा जनाइएको छ । साथै, यस विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत सबै जिल्लाबाट पनि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कांग्रेसले निर्णय गरेको जनाएको छ ।
नेता पौडेललगायत संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, सहमहामन्त्री डा. प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण सहभागी टोलीले प्रधानमन्त्री ओलीसँग ध्यानाकर्षण पत्र बुझाउँदै पौने घण्टा कुरा गरेका थिए ।
नेता पौडेलका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकतामका लागि स्वास्थ्य सामग्रीको आपूर्ति, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, विदेशवाट नागरिकको उद्धार र कृषि र खाद्य सुरक्षा विषयलाई सकारात्मक रुपमा लिएका थिए ।
प्रधानमन्त्रीको भनाइ उद्दत गर्दै नेता श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैको साथ चाहिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरुका कुराबाट मेरो ध्यानाकर्षण भएको छ । तपाईको साथ सहयोग चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्