Logo
Logo

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुबैले अंक बाँडे


1k
Shares

काठमाडौं । महिला यू १९ एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलंकाबीचको म्याच वर्षाका कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका छन् ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिएकी थिइन् । आफ्नो ओभरको तेस्रो बलमा उनले हिरुनी हंसिकालाई एलिसा कुमारी यादवको हातबाट क्याच गराएकी हुन् । पहिलो ओभरमा उनले १ रन मात्रै खर्चेकी थिइन् ।

तर बर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको छ । नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ । सुपर फोमा नेपाल, श्रीलंका, भारत र बंगलादेश छन् । प्रत्येकले दुई–दुई खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्