Logo
Logo

इन्सपेक्टरसहित १६ प्रहरी तीन महिनादेखि अख्तियारको हिरासतमा


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, २९ जेठ ।
लकडाउन सुरु भएपछि हिरासतमा रहेका केही आरोपीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिहा गर्याे । केही भने साढे तीन महिनादेखि आयोगको हिरासतमै छन् ।

तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरी फागुनको दोस्रो सातादेखि आयोगको हिरासतमा छन्
अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गरी मुद्दा अघि बढाएो छ ।
प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ पनि आयोगै हिहरासतमा छन् ।
लकडाउनका कारण सो मुद्दाको अनुसन्धान लम्बिएको हो । जसकारण उनीहरु लामो समय हिरासतमा बस्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्