Logo
Logo

नेपालमा कोरोना : ५ हजार ७ सय ६० जना संक्रमित, ९७४ ले जिते कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३२ जेठ । नेपालमा आइतबार थप ६१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ९७४ पुगेको छ । जसमध्ये ८७७ र ९७ महिला रहेका छन् । मन्त्रालयलका अनुसार ४५८ जना रेड जोनमा छन् ।
यस्तै आइतबार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन् ।
पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्