काठमाडौं, २ असार । आज तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यससँगै नेपालमा संक्रमित संख्या ६ हजार पाँच सय ९१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन् । ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । मन्त्रालयका अनुसार मंगलबार ११७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ ।











