Logo
Logo

नेपालमा सुनको भाउ हालसम्मकै धेरै, प्रतितोला ९१ हजार पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । नेपालमा सुनको भाउ दिनदिनै आकाशिँदै गएको छ । सोमबार नेपाली बजार सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछि महासंघले सुनको भाउ तोकेको हो । तर भाउ धेरै बढेकाले सुन किन्न नसक्ने पनि महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्