Logo
Logo

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?


819
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा सुन ६ सय रुपैयाँ बढेको हो ।

हिजो १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार २ सय कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने ३० रुपैयाँ घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्