Logo
Logo

प्रधानमन्त्री मुटु परीक्षण गर्न गंगालाल अस्पतालमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी ओली बुधबार दिउँसो गंगालाल हृदय केन्द्र अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि चेक जाँचका लागि उनी अस्पताल पुगेका हुन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको मुटुसम्बन्धी परीक्षण भइरहेको छ । चिकित्सकले प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् । मुटुको चेकजाँचपछि प्रधानमन्त्री बालुवाटार फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्