Logo
Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो


1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम गरेको छ ।

असल कर्जाको विद्यमान नोक्सानी व्यवस्था दर घटेको छ । यसअघि असल कर्जाको नोक्सानी व्यवस्था दर १.१० रहेकोमा रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षामार्फत ०.१० प्रतिशतले घटाइ एक प्रतिशत विन्दुले कायम गरेको छ ।

भाखा नाघेको ३ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जामा बैंकहरुले अब १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्नेछ । यसले बैंकहरूको प्रोभिजन रकम केही घट्न सहयोग पुग्नेछ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६।५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्