
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो ।
सोमबार एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय कायम भएको महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला २५ बढेर एक हजार नौ सय ४० कायम भएको महासङ्घले जनाएको छ ।














