Logo
Logo

संक्रमित बढ्दै, डर हराउँदै : मन्त्रालय भन्छ, ‘थप सतर्कता अपनाऔँ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार । पछिल्ला हरेक दिनमा कोभिड–१९ को संक्रमित वृद्धि भइरहँदा आमनागरिकमा यसको डर हराउँदै गएकोे छ ।
गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखाप¥यो । उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा संक्रमण देखाप¥यो । संक्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी ग¥यो । कहिलेकाहीँ फाट्फुट संक्रमित देखापरे पनि संक्रमितको संख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।
झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो । सरकारले संक्रमणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ ।
यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय संक्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।
संक्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ । दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले संक्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने, ‘थप सतर्कता अपनाउने समय अब आएको छ ।’

प्रतिक्रिया दिनुहोस्