Logo
Logo

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार ।
सत्रारुढ नेकपाभित्र बढेको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले विवाद मिलाउन नेकपाका नेताहरुसँग भेटघाट सुरु गरेकी छिन् ।


आइतबार साँझ माधव कुमार नेपालसँग भेटेर उनले सहमतिका लागि आग्रह गरेको स्रोत बताउँछ । अन्य नेताहरुलाई पनि उनले भेटेकी छिन् ।
यसअघि भएको विवाद पनि चिनियाँ राजदूतको सक्रियतामा मिलेको थियो । यसपटक पनि चिनियाा राजदूत सक्रिय भएकी छिन् ।
नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिन दबाब दिएका छन् । तर, उनले कुनै पनि हालतमा दुवै पद नछाड्ने अडान लिएपछि पार्टी नै फुटको संघारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्