
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा चैत १० गते बस्नेगरी बैठक बोलाएका हुन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले यहि चैत १० गते बस्नेगरी बैठक तय भएको जानकारी दिए ।
बैठकमा पछिल्लाय समय व्यवस्थाविरुद्ध उत्रिएका राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।














