
काठमाडौं । शिक्षक सेवा आयोगको सदस्य पदमा दुई जना नियुक्त भएका छन् । चैत्र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले पवित्रा सुवेदी (सुर्खेत) र रामशरण सापकोटा (मकवानपुर)लाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुवेदी र सापकोटालाई आयोगको सदस्य पदमा नियुक्त गरिएको जानकारी दिए ।
यस्तै अर्घाखाँचीका यदुनाथ पौडेल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् ।














