Logo
Logo

इन्सपेक्टरलाई भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार ।
१२ हजार रुपैयाँ घुससहित पक्राउ परेका वडा प्रहरी कार्यालय भिमफेदीका इन्सपेक्टर रामबालक रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

एक व्यापारीसँग घुस लिदै गर्दा प्रदेश प्रहरी कार्यालयले उनलाई दुई साताअघि पक्राउ गरेको थियो ।
निर्माण सामाग्रीको ओसारपसारमा सहयोग गर्ने भन्दै उनले घुस मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्