Logo
Logo

उपत्यकाका टोल–टोलमा कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
उपत्यकामा कोरोना संक्रमण भयाभय हुन सक्ने अवस्थातर्फ अघि बढेको चिकित्सकहरुले बताएका छन् । केही दिनयता उपत्यकाका ७१ टोलमा संक्रमित भेटिएका छन् ।


संक्रमितमध्ये कतिपय उपत्यका बाहिर नगएकाहरु समेत छन् । जसले आन्तरिक संक्रमण बढीरहेको प्रष्ट हुन्छ ।
उपत्यकामा हालसम्म दुई सय ९० जनामा संक्रमण भेटिएको छ । जसमध्ये काठमाडौंमा एक सय ९१, ललितपुरमा ५६ र भक्तपुरका ४३ जना छन् । जसमध्ये ४५ जना मात्र निको भएका छन् ।
पछिल्लो दिनमा काठमाडौैंको मैतीदेवी, कपन, कपुरधारा, चन्द्रागिरी, मरुहिटी, कीर्तिपुर, पुरानो वानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगञ्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकपा, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाडीगाउँ, काटेश्वर, ट्याङलाफाँट, तीनकुने, खुशीबु, कागेश्वर टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, बनस्थली, ताहाचल, सामाखुशी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।
ललितपुरको सानेपा, लुभु, गोदावरी, पाटन, भैंसेपाटी, नख्खु, जावलाखेल, कुपन्डोल, ग्वार्काे, हात्तीवन, धापाखेल लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् ।
भक्तपुरको दुवाकोट, गठ्ठाघर, बोडे, तीनकुने, बोडे, भोलाछें लगायत क्षेत्रमा देखिएको छ । कतिपय ठाउँमा बाहिर नगएकाहरलाई संक्रमण देखिएकाले ती ठाउँमा नमुना परीक्षण थालिएको छ । ट्राभल हिस्ट्री नभएका व्यक्तिलाई संक्रमण भेटिएको स्थानमा थप परीक्षणका लागि बुधबार नमुना लिइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेका अनुसार कतै नगएका व्यक्तिमा समेत ंसंक्रमण देखिएपछि थप परीक्षणलाई तिव्रता दिइएको छ । उपत्यकामा व्यापक परीक्षणको तयारी छ ।
लकडाउन खुुकलो भएसँगै भिडभाड बढेकाले संक्रमण समुदायमा विस्तार हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्