Logo
Logo

सार्वजनिक यातायात खुल्यो, भाडा ५० प्रतिशत बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको छ ।

स्वास्थ्य मापदण्ड लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उपत्यकामा भने तीन जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने छ ।
भाडा भने ५० प्रतिशतसम्म बढ्ने भएको छ । थोरै मात्र यात्रु राख्न पाउने भएकाले भाडा बढाइएको हो । ट्याक्सीलाई पनि सञ्चालन अनुमति दिइएको छ । ट्याक्सीले दुई यात्रु मात्र राख्न पाउने छन् ।
त्यस्तै मोटरसाइलमा दुई जना चढ्न दिने निर्णय भएको छ ।

सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुने छ ।
भोलिदेखि नै मापदण्ड पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्