
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले पत्र लेखेर अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको जानकारी दिएको हो ।
संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशनशनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको आइएफआरसीले जनाएको छ ।














