Logo
Logo

कार्यवाहक प्रधानमन्त्री सिंह र राष्ट्रपति पौडेलबीच भेटवार्ता


630
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह शुक्रबार शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डमा आयोजित बिमस्टेक शिखर सम्मेलनमा सहभागी छन् ।

प्रधानमन्त्री विदेश रहेकोले राष्ट्रपति पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्