
काठमाडौं । राजावादीको आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न एक जना पक्राउ परेका छन् । यहि चैत १५ गते तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा सिंहात्मक गतिविधि गर्ने रामेछापको गोकुलगंगा घर भएका केशव बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा आयोजित प्रदर्शनमा बस्नेत सहभागी थिए । यससँगै प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ६७ पुगेको छ ।














