Logo
Logo

स्वास्थ्य बीमा बोर्ड वित्तीय संकटमा


252
Shares

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ। तर, बोर्डको खातामा फागुन मसान्तमा मात्र १ अर्ब रुपैयाँ रहेको छ। बोर्डसँग ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू छन्, जसमा ४०४ सरकारी, ३३ सामुदायिक र ४८ निजी स्वास्थ्य संस्था समावेश छन्।

बोर्डका अनुसार, चालू आर्थिक वर्षको अन्त्यसम्ममा २४ अर्ब भुक्तानी बाँकी रहने देखिन्छ । तर सरकारले बोर्डलाई ७ अर्ब ५० करोड मात्र अनुदान दिएको छ। यस वित्तीय असन्तुलनले बोर्डको विश्वसनीयता र वित्तीय स्थिरतामा समस्या ल्याउन सक्छ।

बोर्डका अनुसार, दैनिक दाबीको संख्या ३०,००० देखि ४०,००० को हाराहारीमा छ, तर दैनिक रुजु गर्ने क्षमता केवल ७,००० मात्रै रहेको छ । यसले गर्दा दाबीको समयमै समीक्षा गर्न नसक्दा सेवा प्रदायक संस्थाहरूको समस्या थपिएको छ। बोर्डमा हाल ९० लाख दाबी समीक्षा हुन बाँकी छन् ।

यस समस्यालाई समाधान गर्न बोर्डले १९२ जना अतिरिक्त करारमा जनशक्ति माग गरेको छ, ताकि सबै दाबीको समीक्षा समयमै सकियोस् । हाल बोर्डमा २६ जना स्थायी र २२ जना करारमा काम गर्दैछन्। अहिलेको जनशक्तिले काम गर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्