काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकै पटक मनोनीत गरिएको हो । चैत१८ र १९ गते बसेको पदाधिकारी बैठकले पून लाई उपाध्यक्ष मनोनीत गरेको हो ।

दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । उनलाई उत्पादन क्षेत्रमा काम गर्ने गरी जिम्मेवारी समेत दिइएको छ ।
पार्टीले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको र विधान संशोधनको मस्यौदा तयार गरिएको जनाइएको छ ।














