Logo
Logo

काठमाडौं आज पनि विश्वकै प्रदुषित सहर


378
Shares

काठमाडौं । वायु प्रदुषणमा काठमाडौं पाँच दिनयता लगातार विश्वकै प्रदुषित सहरको शीर्ष सूचीमा रहेको छ । आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहेको छ ।

आईकयू एयरले जारी गर्ने सूचीमा मंगलबार बिहान ७ बजेको मापन काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । काठमाडौंको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ (खतरनाक) मानिन्छ ।

५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौंको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा बिरामीको संख्या बढ्दै गएको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

काठमाडौंपछि भारतको नयाँदिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्