काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बङ्गलादेश र श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।
सिंहले भने, ‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । एक महिनाअघि राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’














