काठमाडौं । मङ्गलवार सेयर बजार परिसूचक नेप्से ३.४४ अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै नेप्से परिसूचक २६६६ अङ्कमा कायम भएको छ । बजार सँगै आज कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे । बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् कम्पनी क्रमशः अगाडि रहे ।














