काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैङ्कले छिट्टै नयाँ गभर्नर पाउने बताएका छन्।

मङ्गलवार मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भइसकेको र प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
गभर्नर नियुक्तिमा दलबिच भागबन्डा मिलेन भन्ने कुरालाई सत्य नभएको उल्लेख गर्दै उनले डेपुटी गभर्नर निलम ढुङ्गाना कार्यवाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हालिरहेको बताए।














