Logo
Logo

मेलम्चीको सुरुङ फुट्दा दुई कर्मचारी बेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
मेलम्ची खानेपानी आयोजनाको सुरूङ फुट्दा दुई कर्मचारी बेपत्ता भएका छन् । सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सुरूङ फुट्दा चार जना बेपत्ता भएकोमा दुई जनाको भने उद्धार भएको छ । परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए। उनीहरु खोलामा बेत्तपा भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो। त्यसले गर्दा समस्या आयो। दुई जनालाई उद्धार गरियो। दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने। घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो । केही दिनअघि मात्र सो सुरुङको सफल परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्