Logo
Logo

ट्रम्पले चीन लगायतका मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गर्ने


1.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताएका छन् ।

ट्रम्पले चीनमाथि १२५ प्रतिशतभन्दा बढीको भन्सार दर (ट्यारिफ) लगाइदिएका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताए ।

ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ ।

ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको न्यूयोर्क टाइम्सको समाचारमा उल्लेख छ । विश्लेषकहरुले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । एन्थनी जुर्चरले ‘अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको’ धारणा राखेका समाचारमा जनाइएको छ ।

अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नु पर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्