प्युठान । नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा डा. भोजविक्रम बुढा सर्वसम्मत चयन भएका छन् । प्युठान नगरपालिका–४ जुम्रीमा सम्पन्न १०औं जिल्ला अधिवेशनले पुनः बुढाको नेतृत्वमा ५७ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको हो ।

नयाँ नेतृत्वमा उपाध्यक्षमा नुमबहादुर पुन र खिमबहादुर सुनार, सचिवमा धर्मराज भण्डारी, उपसचिवमा थमन साठीघरे मगर र हुमबहादुर मल्ल तथा महिला उपसचिवमा सिर्जना सुनार चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष बुढाले समाजवादी विचार र कार्यदिशालाई आधार मानेर आगामी निर्वाचनसम्म पार्टीलाई प्युठानमा निर्णायक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।














