Logo
Logo

वर्षको अन्तिम दिन घट्यो सेयर बजार


567
Shares

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका आइतबार नेप्से ८.८४ अङ्कले घटेको हो । योसँगै नेप्से २ हजार ६६१ दशमलव ८६ बिन्दुमा पुगेको छ ।

यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।  

यस्तै समग्रमा बजार घटे पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।

प्रतिक्रिया दिनुहोस्