काठमाडौं । वर्ष २०८१ नेपाली बजार सुनको मूल्यले छलाङ मार्यो । यो वर्ष सुनको मूल्यले नयाँ नयाँ रेडक बनायो । सुन हुनेहरू मालामाला भए । सुन किन्ने दाउमा रहेकाहरू भने हेरेको हेर्यै भए ।

वर्षको सुरुवात देखिनै सुनको मूल्य प्राय उकालो लागि नै रह्यो । वर्षको पहिलो दिन सुनको मूल्य नेपाली बजारमा तोलामा १३,४५,००० रुपैयाँ रहेको थियो । त्यही सुन वर्षको अन्त्यमा तोलमा १,८६,००० रुपैयाँ सम्म पुगेको छ ।
वर्षको पहिले र अन्त्यको मूल्यमा ५० हजार भन्दा धेरै मूल्यको अन्तर रहेको छ । यसरी सुनको मूल्या बढ्ने हो भने ०८२ सालमा सुनको मूल्य लाखौँ पुग्ने देखिन्छ ।
८१ सालको वर्षको चौथो दिनमा नै सुनको मूल्य करिब दुई हजारले बढेको थियो । यसअघि र पछि सामान्य मूल्यले उतार चढाव भइरहेको थियो । सामान्य अङ्कले तलमाथि भइरहेको सुनको मूल्य वैशाख ११ मा ह्वात्तै घटेको थियो । यस दिन सुनको मूल्य तोलामा १,३५,५०० रुपैयाँ पुगेको थियो ।
सुनको मूल्य जेठ दुई गते सामान्य तरिकाले घटबढमा चलिरहेको थियो । तर, जेठ ३ मा सुनको मूल्यले नयाँँ रेकर्ड बनायो । यस दिन सुनको मूल्य तोलामा १,४०,००० रुपैयाँ पुग्यो । जेठ महिनाको सुरुवातीमा सामान्य मूल्यले तलमाथि भई भइरहेको सुनको मूल्यले जेठ २५ मा फेरी नयाँ रेकर्ड बनायो । यस दिन सुनको मूल्य तोलामा १,४५,००० रुपैयाँ रहेको थियो ।
विश्व बजारको असर परिरहेको सुनको मूल्य नेपाली बजारमा पनि डेढ लाख भन्दा बढी पुग्यो । साउनमा सुनको मूल्य १,५९,८०० रुपैयाँ पुग्यो । सामान्य अङ्कले उकालो यात्रामा रहेको सुनको मूल्य असोज महिनाको दोस्रो साताको सुरुमा नै १,६०,००० रुपैयाँमा पुग्यो एक महिना नपुग्दै सुनको मूल्य तोलामा १० हजारले बढेर १ लाख ७० हजार भन्दा बढीमा कारोबार हुन थाल्यो । कार्तिक महिनाको १४ गते सुनको मूल्य १,७०,७०० रुपैयाँमा पुग्यो ।
सुनको मूल्यको उकालो यात्रा सकियो र मङ्सिर महिनामा भारी रुपैयाँकासाथ ओरालो लाग्यो । मङ्सिर ११ मा सुनको मूल्य घटेर १,४८,७०० रुपैयाँ सम्म प्रगेको थियो । सुनको बिस्तारै उकालो लाग्दै फाल्गुन १२ गते फेरी नयाँ मूल्यको रेकर्ड बनाउन पुग्यो । सुनको मूल्य यस दिन १,७०,८०० रुपैयाँमा पुगेको थियो । यस पछिका दिनमा भने सुनको मूल्यमा खासै गिरावट आएन । वर्षको अन्त्य सम्म पुग्दा सुनको मूल्य तोलामा १,८६,००० रुपैयाँ पुगेको छ ।














